MALAYSIA. EKKASI LOST RELATIVES TO GO ABROAD FOR 15 YEARS WAS SEEN ON FACEBOOK
9:54 PM![]() |
मलेसिया । विदेश गएर १५ वर्षसम्म हराएको आफन्त एक्कसी फेसबुकमा देखिँदा कस्तो लाग्ला ? पक्कैपनि त्यो परिवारसँग खुसीको सीमा रहँदैन । म्याग्दीको एक परिवारले यस्तै नियती भोगेको छ ।
लामो समयदेखि सम्पर्कविहीन भएका म्याग्दीका सूर्य केसी एक्कासी फेसबुकमा देखिएका छन् । तर, उनको अवस्था नाजुक देखिएकाले सूर्य खोजी गरेर नेपाल फिर्ता गरिदिन परिवारले अनुरोध गरेको छ ।
रोजगारीको लागि १५ वर्ष अगाडि मलेसिया आएका अर्मन गाविस वडा नं ८ धारा म्याग्दीका केसी अझै परिवारको सम्पर्कमा छैनन् ।
परिवारले आशा नै मारिसकेको भएपनि उनको बारेमा अगष्ट १९ तारिकमा एक नेपाली सेक्युरिटी गार्डले केसीसँगै फेाटो खिचाएर फेसबुकमा राखेपछि परिवारमा आशा पलाएको छ ।
केसी पुडु भन्ने ठाउँमा भेटिएका थिए, त्यसपछि कता हराए भन्ने थाहा भएको छैन । केसी २०५८ को फागुन महिनामा मलेसिया गएको घरपरिवारले बताएको छ ।
आफन्तहरुले खोजी गरिदिन नेपाली दूतावास तथा विभिन्न संघसंस्थामा समेत जानकारी गराइसकेका छन् ।

![]() |
0 comments