विमान अपहरणकारीको माग- पूर्वपत्निलाई मेरो चिठी पुर्याइदेउ - See more at:
6:22 AM![]()
![]() |

अपहरणकारी इब्राहिम समाहा भएको साइप्रसका सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजिप्ट बस्दै आएका उनले विमानलाई सुरुमा इस्तानबुल लान खोजेका थिए। चालकले जहाजमा इन्धन सकिएको जनाउँ दिए। त्यसपछि उनले साइप्रसको लार्नाका जान चालकलाई निर्देशन दिएका थिए। साइप्रसमा उनकी पूर्वपत्नी बस्दै आएको पुष्टि भएको छ।
अपहरणकारीका मागबारे साइप्रसका अधिकारीले वार्ता गरिरहेका छन्। २७ वर्षे अपहरणकारीले आफ्नी पूर्वपत्नीसँग भेट गर्न पाउनुपर्ने माग गरेका छन्। सुरक्षा अधिकारी समक्ष उनले यस्तो माग गरेपछि उनकी पूर्वपत्नी विमानस्थल जाने क्रममा रहेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। विमान अवतरण गरेको स्थान लार्नाका सहर हो। उनकी पत्नी यो सहरभन्दा केही परको गाउँमा बस्ने गरेको बताइएको छ।
इजिप्टका विदेशमन्त्रीले अपहरणकारी आतंकवादी नभएको बताए। ‘उनी आतंकवादी होइनन्। मुर्ख हुन्’, उनले भने, ‘आतंकवादी पागल हुन्छन् मुर्ख हुँदैनन्।’
अवतरणपछि यसअघि विस्फोटक पदार्थ इब्राहिमले महिला र बालबालिका यात्रुलाई छोडिसकेका छन्। ५ यात्रु र चालक दललाई भने उनले छोड्नका लागि आफ्नी पूर्वपत्नी भेट्न दिनुपर्ने माग राखेका हुन्। बिहान ८:३० बजे अलेक्जान्ड्रियाबाट उड्नासाथ सो विमानमा विस्फोटक पदार्थ बोकेका इब्राहिमले धम्क्याएका थिए। आत्मघाती आक्रमणको धम्कीपछि विमानलाई साइप्रस पुर्यााइएको हो। यो अपहरण आतंकवादी भएको भन्दै इजिप्टको सुरक्षा तथा अर्थतन्त्रप्रति अन्तरार्ष्ट्रिय स्तरबाट चिन्ता व्यक्त भइरहँदा अपहरण केवल पूर्वपत्नी भेट्न भएको खुलेको हो। गत अक्टबोरमा रसियाली यात्रु भएको एउटा जहाजलाई इजिप्टको सियानीमा इस्लामिक स्टेट ग्रुपका लडाकुले खसालेका थिए
![]() |

0 comments