बरिष्ठ उद्यमी एवं बैंकर नुरप्रताप जंगबहादुर राणाको ८२ वर्षको उमेरमा निधन
9:51 AM![]()
![]() |

स्वर्गीय राणा चर्चित गोल्ड स्टार जुत्ता र हात्तीछाप चप्पलका मालिक हुन् । उनी कुमारी बैंकका पूर्वअध्यक्ष समेत रहेका थिए । कुमारी बैंकलाई यो अवस्थासम्म ल्याउन उनको ठूलो भूमिका रहेको थियो ।
नेपालमा गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल लोकपि्रय रहेका छन् । गोल्डस्टार जुत्ता विदेशमा समेत निर्यात हुँदै आएको छ । स्वदेशी जुत्ता चप्पल उद्योगलाई अहिलेको अवस्थासम्म डोर्याउने श्रेय पनि स्वर्गीय राणालाई नै जान्छ ।
स्वर्गीय राणाको लगानीमा अन्य ठूला उद्योगहरु समेत सञ्चालनमा रहेका छन् । उनको लगानीमा युनिभर्सल फार्मस्युटिकल्स औषधि उद्योग र त्रिशुल ग्याँस समेत सञ्चालनमा छ ।
![]() |

0 comments