NEWS
9:37 PM![]()
![]() |
भक्तपुर, ८ चैत, नेपाल भ्रमणमा रहेका बेलायती राकुमार ह्यारी भूकम्पपीडितको शिविरमा आइपुग्दा तीन घण्टा राजकुमारको प्रतीक्षा गरेर बसेका भूकम्पपीडित निकै खुसी भए । एघार महिनादेखि अस्थायी टहरामा बसोबास गर्दै आएका भक्तपुर नगरपालिका–१० ब्यासीका १२० भूकम्पपीडित परिवारलाई आफ्नो पीडा बुझ्न सरकार आएभन्दा बढी भो । विद्यालय गएका शिविरका बालबालिका कक्षा नै छाडेर आएका थिए भने किसानहरु पनि राजकुमारको स्वागतका लागि आज दिनभर काममा नगई बसेका थिए । बेलायती राजकुमार ह्यारी अपराह्न ४ः४५ बजे शिविरमा पुग्दा भूकम्पपीडितले ताली बजाएर स्वागत गरे । ह्यारीले उत्सुकतापूर्वक शिविरको अवलोकन गरे । उनले शिविरभित्रको तीनवटा पालभित्र पसेर भूकम्पपीडितको बसाइँलाई नजिकबाट नियाले ।
Britain’s Prince Harry shakes hands with a girl as he visits the camp for displaced families after last year’s earthquake in Bhaktapur, Nepal, March 20, 2016. REUTERS/Navesh Chitrakar
Prince Harry gestures to local elderly citizens inside the Golden Temple premises near historic the Patan Durbar Square, a UNESCO World heritage site in Lalitpur, Nepal on Sunday, March 20, 2016. Photo: Skanda Gautam/ THT
Prince Harry (centre) takes a photo with earthquake survivors, residing in makeshift tents after they were displaced by the earthquakes that occurred last year, in Byasi, Bhaktapur, on Sunday, March 20, 2016. Photo: Skanda Gautam/ THT
Wellwishers of Prince Harry await for his arrival after he visits the earthquake survivors residing in makeshift tents displaced by earthquakes that occurred last year, in Byasi, Bhaktapur on Sunday, March 20, 2016. Photo: Skanda Gautam/ THT
Wellwishers of Prince Harry await for his arrival after he visits the earthquake survivors residing in makeshift tents displaced by earthquakes that occurred last year, in Byasi, Bhaktapur on Sunday, March 20, 2016. Photo: Skanda Gautam/ THT
Prince Harry (centre) takes a photo with earthquake survivors, residing in makeshift tents after they were displaced by the earthquakes that occurred last year, in Byasi, Bhaktapur, on Sunday, March 20, 2016. Photo: Skanda Gautam/ THT
a]nfot /fhs’df/ Xof/Lsf z’elrGtsx? :jfut ub}{
a]nfotsf /fhs’df/ x]g/L rfN;{ cNa6{ 8]le8 Xof/LÚn] cfOtaf/ eQmk’/sf] /]8qm; ;f];fO6Ln] ljkbsf ;dodf ljt/0f ul/g] cfsl:ds /fxt ;fdu|Lsf] e08f/0f:ynsf] cjnf]sg ug{ hfFbf pxfFsf z’elrGtsx? :jfut ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;
सरकार अहिलेसम्म भूकम्पपीडितको दुःख बुझ्न नआए पनि बेलायती राजकुमार आएकामा खुसी लागेको बताउँदै स्थानीय बद्रीलक्ष्मी कोजुले भने, “राजकुमार म बस्ने शिविरभित्र गएर हेर्नुभयो, हाम्रो कष्टकर बसाइँ देखेर खिन्न हुनुभयो, सरकारले नदेखेको हाम्रो दुःख देखेर बेलायतका राजकुमार निकै खिन्न भएर जानुभयो ।” शिविरकै भूकम्पपीडित रमिता सुवाललाई पनि ह्यारी आउँदा निकै खुसी लाग्यो । उनले भने, “ह्यारीले सहयोग गर्लान्, भन्ने सोचाइ पटक्कै होइन, दुःख बुझने सरकारका प्रधानमन्त्री, मन्त्रीभन्दा छिटो त बेलायतका राजकुमार पो आइपुग्नु भो, त्यसैमा खुसी लाग्यो ।” ह्यारी आफ्नो शिविरमा आउने भएपछि नजिकैको जेसिज स्कूलमा कक्षा १० मा पढ्दै गरेकी आकृति सुवाल पढाइ नै छाडेर आइन् । उनलाई अङ्ग्रेजी आउने भएरै होला, ह्यारीसँग कुरा गर्ने मौका पनि पाइन् ।
ह्यारी शिविरमा आउँदा यहाँका भूकम्पपीडितले आफ्ना सबै दुःख बिर्सिए । बेलायती राजकुमार कस्तो होला भन्ने निकै उत्साह रहेको शिविरका भूकम्पपीडित कक्षा ७ मा अध्ययन गर्ने प्रकृति सुवालले भने, “ह्यारीले हामीलाई नमस्कार गर्नुभयो, हामीसँग हात मिलाउनुभयो, फोटो खिचाउनुभयो, हामीले पनि उहाँसँग ‘सेल्फी’ खिच्यौँ ।” राजकुमार ह्यारीलाई कक्षा ८ मा पढ्ने पुरुषोत्तम सुवालले शिविरका बारेमा सबै जानकारी गराए । भूकम्प गएपछि खुल्ला आकाशमा रात बिताउन परेको, भूकम्पले पारेको असरका बारेमा आफूले जानकारी गराएको उनले बताए । सुवाल भन्छन् “मैले ह्यारीलाई यहाँका दुःखका बारेमा सबै बताएँ, उहाँले अब कसरी घर बनाउनु हुन्छ भनेर चिन्ता व्यक्त गर्नुभयो, मैले यहाँ बत्ती, पानीको समस्या भएको जानकारी गराएँ ।” शिविरको अवलोकनपछि ह्यारीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रका सम्पदामा भूकम्पले पु¥याएको क्षतिका बारेमा अवलोकन गरेका थिए ।
![]() |

0 comments