news श्रीमान छोरीसँग पल्केको थाहा पाएपछि…

1:10 AM



एजेन्सी । तलको तस्वीरमा देखिएको ‘ह्याप्पी फ्याम्ली’ अर्थात खुसी परिवारमा अब भने दुःख छाएको छ ।

तस्वीरमा देखिएका दुई बालिका अब यो दुनियाँमा छैनन् । समाचार अनुसार बालिकाकी आमाले उनीहरुलाई मृत्युको घाटमा उतारेकी छिन् ।

यद्यपी कुनै पनि आमा आफ्नै सन्तानलाई मार्न सक्छ ? यो प्रश्न उठ्न सक्छ । तर, जब आमा आफैले प्रहरीका अगाडि रोइकराई गरेर– ‘हो मैले नै आफ्ना छोरीको हत्या गरेकी हुँ । म उनीहरुको हत्यारा हुँ । हो मैले नै आफ्नो मुटुको टुक्रा मारिदिए ।’ भन्दा यो कुरा सुनेर जो कोहीको पनि शिर निहुँरिनेछ ।


प्रहरीलाई मान्ने हो भने आरोपी महिलाले भनेकी छिन्– छोरीलाई आफ्नो बाबुको यौन शोषणबाट बचाउन चाहन्थिन् । उनी चाहन्थिन फेरि कहिल्यै पनि उनका छोरीसँग श्रीमानले यौनशोषण गर्न नसकोस । यसकारण दुबै मारिदिइन् ।

यो घटना भारतको हरियाणा राज्यको हो । जहाँ ४० वर्षीय रजनी चुट्के नामकी महिलाले आफ्नै दुई छोरीको हत्या गरेकी छिन् । रजनी एमबीए ग्रेजुएट अर्थात मास्टर पढेकी शिक्षित गृहिणी हुन् । उनले प्रहरीलाई बताएअनुसार उनले आफ्नै हातबाट ८ वर्षीय छोरी आश्विका र तीन वर्षीय छोरी अविष्काको हत्या गरेकी हुन् । रजनीले आफ्ना छोरीमाथि प्लास्टिकको टुटेको भाडाले हमला गरेर घाटी रेटी हत्या गरेको बताएकी छिन् ।

यसरी भयो घटनाः
घटना शनिबार राति ९ बजे भएको थियो । जेठ छोरी अश्विका टेलिभिजन हेरिरहेकी थिइन् । र उनकी बहिनी सुतिरहेकी थिइन् । रजनी छोरी भएको कोठा आइन् र प्लास्टिकको टुटेको भाडाले हमला गरिन् ।

घटना भएको करिब ४५ मिनेटपछि बालिकाका पिता विनय चुटके आफ्नो गिफ्ट पसल बन्द गरेर घर फर्किएका के थिए ढोका खोल्दा दुबै छोरीको शव फेला पारे । एक छोरीको शव बेडको तल थियो भने अर्कीको शव बाथरूममा भेटियो । पत्नि रजनी घरबाट गायब थिइन् ।

तत्कालै प्रहरीलाई सूचना दिइयो । खोज्दै जाँदा रजनी हुसैननगर झीलको नजिकै बेहोस अवस्थामा भेटिइन् । रजनीले प्रहरीलाई बताएअनुसार उनले आफ्ना बालिकाको हत्या यसकारण गरिन कि उनका पति छोरीलाई आफ्नो यौन सिकार बनाउन नसकुन । रजनीका अनुसार जेठी छोरीसँग श्रीमान नभएका बेला देवरले पनि सिकार बनाउथे ।

प्रहरीका अनुसार छोरीको हत्या गरेर रजनीले आत्महत्याको प्रयास गरेकी थिईन् तर, उनको प्रयास सफल हुन सकेन त्यही बेला प्रहरी आइपुग्यो ।

यता उनका पतिले यो आरोपलाई अस्वीकार गरेका छन् । प्रहरीले आरोपी महिलालाई पक्राउ गरेको छ तर, अहिलेसम्म उनका विरुद्ध प्रयाप्त प्रमाण फेला परेको छैन् । प्रहरीको अनुसन्धान जारी छ ।@dainiknepal

You Might Also Like

0 comments