braking news
1:22 AMइस्लामावाद, ९ चैत । पाकिस्तानको भुट्टो अन्तर्राष्ट्रिय बिमानस्थलमा बम राखिएको हल्लापछि मङ्गलबार बिहान सङ्कटकालीन अवस्थाको घोषणा गरिएको समाचार छ ।
पाकिस्तानी सो अन्तर्राष्ट्रिय बिमानस्थलमा मङ्गलबार बिहान लन्डनबाट एक अज्ञात व्यक्तिले सो विमानस्थलका दुई स्थानमा बम राखिएको जनाएको थियो ।
सो फोनपछि उक्त बिमानस्थल क्षेत्रलाई सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो । खोजीका क्रममा ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
अन्तर्राष्ट्रिय उडानका लागि तयार भएका दुइवटा विमानमा बम राखिएको हल्ला चलेको थियो । सो फोनपछि ती विमानको उडान रद्दगरी अनुसन्धान सुरु गरिएको छ ।
लामो समयसम्म अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । सो विमानस्थललाई प्रहरीले घेराहाली बम रहेको भनिएको विमानमा रहेका सङ्कास्पद वस्तुको खोजी गरिरहेको बताएको थियो ।
सो खोजी अभियानका लागि उक्त विमानस्थललाई बिहान बन्द गरिएको थियो । त्यहाँका अरु पाँचवटा अन्तर्राष्ट्रिय विमानको उडान पनि केही समयका लागि स्थगित गरिएको छ ।
यस क्रममा दोहाबाट आएको विमानलाई पनि पाश्चिमी पाकिस्तानी सहर पेसावर पठाइएको हवाई उड्डयन अधिकारीहरुले जनाएका छन् । हवाई उड्डयन प्राधिकरणका प्रवक्ताले सो जानकारी दिएका हुन् ।
बम भेटिएन
यसैबीच प्राप्त पछिल्लो समाचारअनुसार उक्त विमानका साथै अरु पाँचवटा विमानमा पनि व्यापक मात्रामा खोजी गरिएको र ती विमान एवम् यात्रुका झोलाहरुमा समेत कुनैपनि वस्तु प्राप्त नभएको जनाइएको छ ।
यस खोजीका क्रममा केही नभेटिएपछि मङ्गलबारबिहान अबेरतिरबाट उडानहरु सुरु गरिएका छन् । अहिले विमानस्थलको अवस्था सहज भएको र सहजै उडानहरु सुरु भएका बताइएको छ ।
विमानस्थल सुचारु भएको र पूर्व निर्धारित उडानहरु पनि सुरु भएका विमानस्थल अधिकारीहरुले जनाएका छन् । पेसावरमा पठाइएको विमानपनि सोही विमानस्थल ल्याइएको बताइएको छ ।
सुरक्षाकर्मीहरुले हाल सो विमानस्थललाई घेरामा राखेर उच्च सतर्कताका साथ पहरा दिईरहेको जनाइएको । उक्त विमानस्थलमा यसअघि पनि बम राखेको हल्ला मच्चिएको थियो । रासस/एएफपी
0 comments